लुम्बिनी

लुम्बिनी प्रदेशसभा बैठक पुन: स्थगित

Banner

रूपन्देही.  भदौ ३ – आज दिउँसो बस्ने भनिएको लुम्बिनी प्रदेशसभा बैठक ७ गतेसम्मका लागि स्थगित गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आफ्ना दुई सांसदलाई पदमुक्त गरेको सूचना नआउँदासम्म सदन रोक्ने अडान छ । प्रदेशसभा नियमावली, २०७४ को नियम ६ को उपनियम (३्) बमोजिम आजको बैठक स्थगित गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

भदौ १ गतेदेखि शुरू भएको अधिवेशन एमालेको निरन्तर अवरोधका कारण अगाडि बढ्न सकेको छैन। प्रदेशसभा सचिवालयले सूचना जारी गर्दै भदौ ७ गतेसम्मका लागि  बैठक स्थागित  गरेको हो ।

एमालेले सूर्य चुनाव लिएर निर्वाचित नवलपरासीका अजय शाही र दाङका विमला वली पार्टी हितविपरीत गएकाले कारबाही गरी संसदबाट पदमुक्त गर्न प्रदेशसभामा निवेदन दिएपनि कारवाही अगाडि नबढाइएको एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>