कर्पोरेट

नविल बैंकले ल्यायो ‘क्यास मेसिन’, अब एटिएमबाटै रकम जम्मा गर्न सकिने

Banner

काठमाडौँ, भदौँ २–

आफ्ना ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले नविल क्यास मेसिन जारी गरेको छ । आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्पm केन्द्रित हुँदै यस नविल क्यास मेसिनले ग्राहकहरुलाई एटिएम मार्पmत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ ।

यस प्रविधी नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ । अब ग्राहकहरुले मेशिनमा रु. १०००/५००/१०० को नेपाली रुपैयाँ जम्मा गर्न सक्ने छन् भने एक पटकमा रु. ९९,९०० जम्मा गर्न सक्ने छन् । साथै यस मार्फत नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै यस् मार्फत ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने छन् ।

आफ्नो देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु सहित विभिन्न देशमा रहेका एजेन्टहरुको बृहत सञ्जाल मार्फत निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिसकेको छ । एक उच्च प्रशिक्षित समुह र मजबुत र सुरक्षित बैंकिङ्ग प्रणालीको साथ ३७ वर्ष बैंकिङ्ग अनुभवको साथ, बैंकको ग्राहकहरुलाई मूल्य अभिवृद्घि गर्न उच्च सेवा वितरणको लागी लक्षित छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>