Breaking News

एमाले बागमतीमा ट्वीस्टः अष्टलक्ष्मी बनिन् संसदीय दलको नेता, मुख्यमन्त्री बन्ने

०
Banner

हेटौंडा, भदौँ २–

अन्ततः लामो समय माधव नेपाल समूहमा रहेकी नेतृ अष्टलक्ष्मी शाक्य नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी छन् ।

माधव नेपालले आजै पार्टी फुटाउने निर्णय गरेलगत्तै उनी संसदीय दलको नेतामा चुनिएकी हुन् । उनी अब बागमतीको मुख्यमन्त्री बन्ने छिन् ।

बागमतीका मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता डोरमणि पौडेलले राजीनामा दिएसंगै शाक्य नयाँ दलको नेता बनेकी हुन् । यो संगै शाक्य माधव नेपाल समूहमा नलाग्ने स्पष्ट भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>