Breaking News

एमाले बागमतीमा ट्वीस्टः अष्टलक्ष्मी बनिन् संसदीय दलको नेता, मुख्यमन्त्री बन्ने

Banner

हेटौंडा, भदौँ २–

अन्ततः लामो समय माधव नेपाल समूहमा रहेकी नेतृ अष्टलक्ष्मी शाक्य नेकपा (एमाले) बागमती प्रदेशको संसदीय दलको नेतामा चुनिएकी छन् ।

माधव नेपालले आजै पार्टी फुटाउने निर्णय गरेलगत्तै उनी संसदीय दलको नेतामा चुनिएकी हुन् । उनी अब बागमतीको मुख्यमन्त्री बन्ने छिन् ।

बागमतीका मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता डोरमणि पौडेलले राजीनामा दिएसंगै शाक्य नयाँ दलको नेता बनेकी हुन् । यो संगै शाक्य माधव नेपाल समूहमा नलाग्ने स्पष्ट भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>