अन्तर्राष्ट्रिय

काबुलबाट क्यानडाले गर्यो १ सय नेपालीको उद्दार

Banner

काठमाडौं ,  भदौ २ – अफगानिस्तानको राजधानी काबुलबाट क्यानडाले एकसय जना नेपालीलाई  उद्दार गरेको छ । क्यानडेली संचारमाध्यमका अनुसार काबुलबाट उद्दार गरिएको ती नेपालीलाई केही दिनमै  काठमाडौं ल्याइने  छ ।

क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोको भनाई अनुसार क्यानडाले गोर्खालीको उद्दारका लागि एक बेलायती नीजि सेक्युरिटी कम्पनीसँग मिलेर काम गरिरहेको पनि बताए । ‘गोर्खालीले हामीलाई सहयोग गरेका छन् यसकारण कम्पनीसँग मिलेर हामीले उद्दारको काम गरिरहेका छौं’ उनले भने ।

१५ वर्षदेखि गोर्खालीहरु विभिन्न सेक्युरिटी कम्पनीमार्फत क्यानडाको दूतावासमा काम गरिरहेका छन् । क्यानडाले केही कूटनीतिज्ञ बाहेक अन्य सबैलाई मंगलबारसम्म काबुलबाट उद्दार गरेको छ ।

क्यानडाले ती नेपालीलाई उद्दार गरि मंगलबार बिहान दुबईमा लगेर राखेको छ । उद्दार गरिएका नेपालीले समेत क्यानडाले यसका लागि धन्यवाद दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>