कर्पोरेट

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

Banner

चितवन, साउन ३२-

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् ।

बैँकले आज प्रेस विज्ञप्ति जारी गर्दै साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी नायव प्रमुख कार्यकारी अधिकृतमा भदौं १ गतेदेखि लागू हुनेगरी बढुवा भएको जनाएको हो । करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला\खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरिवेक्षण गर्छन् । रेग्मीले वेलायतको युनिभर्सिटी अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् । बैंकिङ क्षेत्रसँग सम्बन्धी दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>