गण्डकी
गोरखामा भदौ १ गतेदेखि लकडाउन
०

गोरखा,साउन ३१ –
गोरखामा भदौ १ गतेदेखि भदौ ११ गतेसम्म लकडाउन गरिने भएको छ । आज आइतवार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बैठकले भदौ १ गते राति १२ बजेदेखि लागू हुने गरी भदौ ११ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
लकडाउन अवधिभर अत्यावश्यकबाहेकका सबै पसल, व्यवसाय बन्द गर्ने, बैङ्क तथा वित्तीय संस्थाको सेवा पनि बन्द गर्ने र अहिले खुल्दै आएका सरकारी कार्यालयको सेवा पनि बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हर्कबहादुर रोकाले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























