चितवन विशेष

चितवनमा ४८ घण्टे ‘अनलाइन फुड महोत्सव’ हुने

Banner

चितवन, साउन ३०–

पछिल्लो समय नेपालको बजार व्यवसाय विस्तारै डिजिटलाइसन हुने क्रम बढ्दै गइरहेको छ । अनलाइनको माध्यमबाट सामग्री खरिद विक्री हुने क्रम बढ्दै गएपछि चितवनका व्यवसायीले अनलाइन माध्यमबाटै महोत्सव गर्ने भएका छन् ।

४८ घण्टाको अवधि राखेर चितवन फुडल्याण्डले ‘अनलाइन फुड महोत्सव’ आयोजना गर्न लागेको हो । आउँदो भदौं १ र २ गते ‘अनलाइन फुड महोत्सव’ गर्न लागिएको आयोजक चितवन फुडल्याण्डका संचालक मान श्रेष्ठले जानकारी दिए । ‘अनलाइन फुड महोत्सव’को बेला अनलाइन माध्यमबाट आफूलाई मनपर्ने परिकार अर्डर गर्दा ग्राहकले अन्य दिनको तुलनामा अधिकतम छुट प्राप्त गर्ने संचालक श्रेष्ठले बताए ।

ग्राहकले विभिन्न परिकार अर्डर गर्नका लागि चितवन फुडल्याण्डको मोबाइल एप्लीकेशन डाउन गर्नुपर्ने हुन्छ । मोबाइल एपबाटै परिकार अर्डर गरेपछि घरमै आफूले खरिद गरेको परिकार पुग्ने छ ।
चितवन फुडल्याण्ड एउटा अनलाइन फुड डेलिभरि पार्टनर हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>