देश/प्रदेश

अर्घाखाँचीमा पहिरोमा पुरिएर एक मजदुरको मृत्यु

Banner

अर्घाखाँची, साउन ३०
अर्घाखाँचीमा पहिरोमा पुरिएर एक मजदुरको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पाणिनी गाउँपालिका वार्ड नम्बर ६, लामडाडाका ४३ वर्षिय मनबहादुर सुनारको पहिरोले पुरिँदा मृत्यु भएको हो ।

पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माणको काम गरिरहेका सुनार माथिबाट पहिरो आएपछी पुरिएका थिए ।

प्रहरी र स्थानीयवासीले जेसिबी प्रयोग गरेर गए राति सुनारको शव फेला पारेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>