देश/प्रदेश
एन्टीजेन परीक्षण नगरेपछि यात्रु नलिई दुबई उड्यो एयरलाइन्सको जहाज

काठमाडौं, साउन २६ –
दुबई जानका त्रिभुवन विमानस्थल पुगेका लागि केही यात्रुहरू फर्केका छन् । विमानस्थल पुगेका उनीहरू जहाज चढ्न नपाई फर्केका हुन् । हिमालय एयरलाइन्सको जहाजमार्फत् संयुक्त अरब इमिरेट्सको दुबई जान लागेका उनीहरुलाई अन्तिम समयमा उडान नम्बर ९५६५ मा कुनै यात्रु पनि स्वीकार नगरेको सुचना आएको थियो ।
संयुक्त अरब इमिरेट्स सरकारले आफ्नो देशमा प्रवेश गर्नेहरूका लागि तोकेका मापदण्ड पूरा गर्न नसक्दा यात्रुहरू विमानस्थलबाट फर्किनु परेको हो।
युएईले आवासीय भिसा भएका र कर्मचारीहरूका लागिमात्रै आफ्नो देशमा प्रवेश अनुमति दिएको छ। त्यसका लागि उडान समयभन्दा चार घन्टाअघि एन्टीजेन परीक्षण, ४८ घन्टा अघिको पिसिआर परीक्षण रिपोर्ट चाहिन्छ।
त्रिभुवन विमानस्थलमा एन्टीजेन परीक्षणको व्यवस्था छैन। विमानस्थलका प्रमुख प्रताप तिवारीले युएईको दूतावासले हप्ता दिनअघि आफ्नो देश प्रवेश गर्न चाहनेका लागि विमानस्थलमा एन्टीजेन परीक्षण गर्नुपर्ने जानकारी गराएको बताएका छन् ।
यात्रुहरुले ८१० दिनअघि एन्टीजेन परीक्षण गर्नुपर्ने थियो तर उनीहरुले परीक्षण नगरेको तिवारीले बताए । चार घन्टाअघि यात्रुको एन्टीजेन परीक्षण गर्न नसक्ने भएपछि सोमबार राति राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको जहाज पनि खाली नै दुबई उडेको हो ।



























