कर्पोरेट

ग्लोबल आइएमई बैँकले ल्यायो सरल किस्ताबन्दीमा शिक्षकलाई ल्यापटप दिने योजना

Banner

चितवन, साउन २५-

ग्लोबल आईएमई बैँकले काभ्रे जिल्लाका शिक्षकलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने भएको छ ।

बैँकले आज प्रेषित गरेको विज्ञप्ति अनुसार ग्लोबल आइएमई बैँक र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनासम्बन्धी सम्झौता पत्रमा आज हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पत्रमा बैँकको तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र लियो क्लब अफ काठमाडौं टेम्पल पिसको तर्फबाट सल्लाहकार तथा गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजना संयोजक सुदिप न्यौपानेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत रही लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेको सिफारिसमा काभ्रे जिल्लामा अध्यापनरत शिक्षकहरुलाई किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने छ ।
उक्त प्रक्रियामा शिक्षकहरुले ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड लिएर इजी बाई इजी पे मार्फत सरल किस्ताबन्दीमा सहज तरिकाले ल्यापटप लिन सक्ने छन् । यसका साथै बैंकले काभ्रेका शिक्षकका लागि बैंकिङ साक्षारतासम्बन्धी कार्यक्रम समेत आयोजना गर्नेछ । ग्राहकको सुविधालाई मध्यनजर गरी बैँकले यस्ता योजनाहरु ल्याएर ग्राहकलाई लावान्भित गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले ७६ जिल्लामा बैँकको २८० शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा तीन वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाख बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी बैँकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भि¥याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>