Breaking News

आहा ! बिस हजारी तालको सौन्दर्य (फोटोफिचर)

  • Logo
    app haru
  • २५ श्रावण २०७८, सोमबार
Banner

– हिरालाल आचार्य ‘डायमण्ड’

चितवन, साउन २५ – 
चितवनमा रहेको बिस हजारी ताल विश्व रामसार सुचिमा सुचिकृत भएको प्रख्यात पर्यटकीय गन्तव्य स्थल हो । भरतपुरदेखि करिब ६ किलोमिटर पूर्व दक्षिणमा टिकौलीको बरण्डाभार जंगलभित्र अवस्थित छ यो ताल ।

यो ताल सुन्दर देखिन्छ । यद्यपी तालमा झार थुप्रिरहने हुँदा तालको सुन्दरता बिग्रिने गरेको छ । बरण्डाभार उपभोक्ता समिति भरतपुर– ६ गितानगरका अध्यक्ष देवराज सापकोटाले ताल संरक्षणको चुनौती भनेको झार भएको बताउँदै उनले नियमितरुपमा झार सरसफाइको काम भइरहेको बताए । दुई वटा डुंगामार्फत कर्मचारीहरुले झार फाल्ने गरेका छन् ।

ताल हेर्न पहिले दैनिक एक हजार पर्यटक बाहिरबाट आउने गरेको भए पनि अहिले कोरोना भाइरस (कोभिड–१९) महामारी र निषेधाज्ञाका कारण पर्यटकको संख्यामा निकै कमी आएको सापकोटाको भनाइ छ ।

उनका अनुसार ३२ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल औसतमा १३ फिट गहिरो छ । वि.सं. २०२२ सालमा पूर्वि चितवनबाट ल्याइएको खगेरी नहरको कारण निर्माण भएको यस ताल बिरुवामा पानी राख्ने हजारीबाट विकसित भइ बिस हजारी ताल भनि नामाकरण गरिएको हो ।

विभिन्न राष्ट्रबाट बसाइसराई गरी आउने मौसमी चराहरुको आश्रय स्थल बिस हजारी तालमा गोहि, माछा, अंजिङ्गर पाइन्छ । त्यसैगरी तालमा पानी खान आएका गैंडा, हरिण, रतुवा, बाँदर, पाटेबाघ समेत देख्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>