देश/प्रदेश

मकवानपुरमा सुमो दुर्घटना हुँदा चालकको मृत्यु

Banner

मकवानपुर, साउन २४ –

काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको ना १ ज २११४ नम्बरको सुमो इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलामा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । मृत्यु हुनेमा सुमो चालक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा भारत विहारका १४ वर्षीय रोनककुमार, १७ वर्षीय शङ्कर कुमार, २० वर्षीय विशाल कुमार र १८ वर्षीय शिवशक्ति कुमार छन् । घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको र ती मध्ये शिवशक्तिको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>