देश/प्रदेश
सुनसरीको इटहरीमा भेटियो ग्रिनेड बम
०

सुनसरी, साउन २४ –
सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित ग्राइभेल सडक सम्याउने क्रममा शनिबार बम फेला परेको छ । इटहरी–२ स्थित राजदेवी टोलको पेङदोर्जी मार्ग ग्राभेल गर्ने क्रममा ग्रिनेड बम फेला परेको सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।
बाटो मर्मत गर्ने क्रममा बम जस्तो सामग्री देखिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । फेला परेको ग्रिनेड बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको सुनसरीका प्रहरी उपरीक्षक थापाले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























