देश/प्रदेश

विपद्मा सिडीओ पोखरेलको प्रसंशनीय काम

Banner

सिन्धुपाल्चोक, साउन २३
सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी ९प्रजिअ० अरुण पोखरेल जिल्लामा हालै आएका प्राकृतिक विपद्मा समन्वयकारी भूमिका निर्वाह गरेर प्रसंशाको पात्र बनेका छन् ।

हालै मेलम्ची र हेलम्बुमा आएको बाढी पछिको विपद् व्यवस्थापनमा उनैको नेतृत्वमा रहेको कमाण्ड फोर्स फिल्डमा नै खटिएको थियो । प्रजिअ पोखरल नेतृत्वको टिम उद्दार र राहत वितरणका काममा सक्रियता पूर्वक खटिएका कारण थप क्षति रोक्न तथा प्रभावकारी व्यवस्थापनमा सहयोग पुगेको स्थानीय जनप्रतिनिधिको भनाइ छ ।

विपद् व्यवस्थापन समितिको सक्रियताका कारण पूर्व सूचना प्रणालीलाई प्रभावकारी बनाउन सकिएकाले असार १ र १६ गते आएको बाढीमा मेलम्ची क्षेत्रमा मानवीय क्षती हुन नपाएको प्रजिअ पोखरेलले बताए ।

‘विपद् व्यवस्थापनका लागि एकद्धार प्रणाली निर्माण, सरोकारवालासँग समन्वय, विषयगत कार्यालयहरुको परिचालनमा नेतृत्वदायी भूमिका रह्यो, प्रजिअ पोखरेल भन्छन्, विपद् टरेको छैन हामी अलर्ट भएर बसेका छौं ।’

प्रजिअ पोखरेलकै सक्रियताका कारण त्रिपाल मुनि बस्दै आएका लिदि पहिरो पीडितको लागि जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा अस्थायी आवास निर्माण गरी पहिरो पीडितहरुको व्यवस्थान समेत सुरु भएको छ ।

कोभिड १९ को दोस्रो लहरले सबै जिल्लाहरुमा अक्सिजनको अभाव महसुस भइ चुनौती देखिएकोमा कोभिड नियन्त्रण व्यवस्थापन समितिको नेतृत्वमा रही जिल्लामा अक्सिजनको अभाव हुन नदिने तथा अक्सिजनको अभावले एक जना पनि संंक्रमितको मृत्यु नभएको प्रजिअ पोखरेल बताउँछन् । तेस्रो लहरको सामना गर्न कार्ययोजना बनाइ अघि बढेको उनको भनाइ छ ।

जिल्लामा बालुवा तस्करलाई कारवाही गरिएको जानकारी दिँदै उनले अवैध तरिकाले बालुवा उत्खनन् गर्नेहरुको धन्दा समाप्त पारिदिएको बताए ।

त्यस्तै सिन्धुपाल्चोक जिल्लामा जिल्ला प्रशासन तथा जिल्ला प्रहरीको सक्रियतामा दुर्घटना न्यूनीकरणको लागि विशेष कार्ययोजनाको निर्माण, अपराध नियन्त्रणका लागि विशेष अभियान, सूशासन प्रवद्र्धन गर्न विविध कार्यक्रमहरु संचालन भएको प्रहरी प्रमुख राजन अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>