Breaking News

जापानबाट ल्याइयो कोरोना विरुद्धको एस्ट्राजेनेका खोप

Banner

काठमाडौं, साउन २३
कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप एस्ट्राजेनेका जपानबाट नेपाल ल्याइएको छ ।

जापान सरकारले कोभ्याक्स परियोजना अन्तर्गत नेपाललाई उपलव्ध गराएको खोपको पहिलो खेप आज शनिबार कतार एयरवेजको विमानमार्फत काठमाडौं आइपुगेको हो ।

जापानले पठाउने भनेको १६ लाख डोजमध्ये पहिलो चरणमा आज बिहान ९ बजे पाँच लाख १३ हजार डोज खोप आइपुगेको हो । आइतबार थप दुई लाख ८७ हजार डोज खोप आउने र बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ ।

स्वास्थ्य सेवा विभाग खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई यही साउन २५ गतेदेखि खोप दिइनेछ ।

खोप उपलब्धता अनुसार क्रमशः वितरण गर्ने उक्त खोप अभियान प्रदेश १ र २ मा सुरु हुन भने केही दिन ढिलो हुनेछ ।

कोभिशिल्ड खोप आएसँगै यसअघि पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकले दोस्रो मात्रा लगाइने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>