प्रदेश २

पीकअप दुर्घटना, एकको मृत्यु, २५भन्दा बढी घाइते

Banner

सर्लाही, साउन २३-

सर्लाहीको लालबन्दीमा सुक्रवार दिउँसो पिकअप भ्यान पल्टिँदा एक युवकको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन् । फुटबल खेल्नका लागि खेलाडी बोकेर परवानिपुरतर्फ हिँडेको प्रदेश–२–०३००१ च ०८४६ नम्वरको पिकअप भ्यान लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौर अगाडि दुर्घटनामा परेको हो । शुक्रवार दिउँसो पौने ४ बजेतिर दुर्घटनामा लालबन्दी नगरपालिका–९, बस्तीपुरका १७ वर्षीय प्रल्हाद दाहालको मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो ।

दाहालको उपचारका क्रममा नमूना अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका अन्य ६ जनालाई थप उपचारका लागि वीरगन्ज र भरतपुर रेफर गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

सामान्य घाइते २२ जनाको लालबन्दीको गढिमाई र मोडेल अस्पतालमा उपचार भइरहेको छ ।  दुर्घटनापछि पिकअपका चालक फरार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>