लुम्बिनी
सांसद वलीले लगाएका आरोप झुटा हुन्ः नेकपा एमाले
०

बुटवल,साउन २१-
लुम्बिनी प्रदेशकी सांसद विमला वलीले आफुलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखेको भन्ने आरोपको नेकपा एमालेले खण्डन गरेको छ।एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले भने-उहाँले लगाएका आरोपहरु निराधार छन्, अपहरण र बन्धक बनाउने भन्ने कुरा झुटा हुन्।
उनले आफु पार्टी अध्यक्ष केपी ओलीले विमला वलीलाई सोधेको स्पष्टीकरणको पत्र लिएर सांसद वलीलाई भेट्न गएको र वलीले मुख्यमन्त्रीसँग कुरा गर्छु भनेर चाहना राखेकाले मुख्यमन्त्री निवासमा ल्याएको दाबी गरे।
उहाँले जे जे आरोपहरु लगाउनुभएको ती आरोप आधारहिन छन्-उनले भने-यसबारे हामीले आजै ४ बजे पत्रकार सम्मेलन गरेर हाम्रा कुरा राख्छौं। एमालेले ४ बजे संसदीय दलको कार्यालय बुटवलमा पत्रकार सम्मेलन गर्ने उनले जनाए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























