अपराध

श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

Banner

काठमाडौं, साउन २० –

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । २८ वर्षीया बबिता राईको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका १६ चौमती डेरा गरी बस्ने नुवाकोट तादी गाउँपालिका २ सातबिसे घर भएका ३३ वर्षीय रामेश्वर गोतामे पक्राउ परेका हुन् । आज बिहान प्रहरीले गोतामेलाई पक्राउ गरेको हो । उनले बबिताको घाँटी थिचेर हत्या गरेको प्रहरीले बताएको छ ।

रामेश्वरले मंगलबार राति आफ्नै श्रीमतीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । श्रीमान श्रीमती दुवै जना बालाजुको औद्योगिक क्षेत्र भित्रको चप्पल कारखानामा काम गर्थे। मृतक बबिता रामेश्वरकी दोस्रो श्रीमती हुन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>