प्रवास

पोर्चुगल एनआरएनएमा सोमफुरिको दादागिरी, संयोजक गुरुङमाथी हातपात प्रयास

Banner

पोर्चुगल, साउन १९–

गैर आवासिय नेपाली संघ पोर्चुगलमा आइतबार भएको निर्वाचनमा निर्वाचन समितिका संयोजक रमेश कुमार गुरुङमाथि हातपात प्रयास भएको छ । निर्वाचन सकिएलगत्तै मतपत्रमा भएको केही प्रवाधिक त्रुटी देखाउँदै अध्यक्षका प्रत्यासी सोमफुरी शेर्पाको टोलीले संयोजक गुरुङमाथि हातपातको प्रयास गरेका हुन् ।

निर्वाचनको सम्भावित परिणामबाट आक्रोशित भएका शेर्पाको समूहले सामान्य प्राविधिक कारणलाई विवादीत बनाई संयोजक गुरुङमाथि हातपात गरेका हुन् । निर्वाचन संयोजक गुरुङलाई मतदान स्थलमा खटिएका सुरक्षाकर्मीहरुले सुरक्षा प्रदान गरेका थिए । मतका विषयमा सोमफुरीका टोलीले वास्तविक कुरा नबुझि अनावश्यक हल्ला फैलाएर स्थितीलाई थप असामान्य बनाएका थिए ।

संघमा गुण्डागर्दी भएको भन्दै त्यसलाई रोक्न अध्यक्ष पदमा उत्रिएका शेर्पा आफैं गुण्डागर्दी शैलीमा युवाहरु परिचालन गर्न व्यस्त थिए । निर्वाचनमा पराजय व्यहोर्ने पक्का भएपछि उनि अत्तालिएर निर्वाचन समितिमाथि धम्की र निर्वाचन स्थगित गर्ने सम्मका कामहरुमा युवाहरुलाई परिचालन गरेको बताइन्छ ।

सोमफुरीलाई निर्वाचनमा साथ दिएको प्रवासी नेपाली एकता मञ्चका गोविन्द पौडेल पनि निर्वाचन सुरुभएदेखि नै बिथोल्ने दाउमा थिए । केपी ओली गुटका उनि आफूलाई युरोपकै महान नेता सम्झिन्छन । उनकै डिजाइनमा घटना घटेको बताइन्छ । निर्वाचन संयोजकले सम्यंता अपनाउँदा अपनाउँदै पनि पौडेलको उक्साहटमा सोमफुरीले आफ्ना युवाहरुलाई आक्रमणमा उत्रन निर्देशन दिएको बताइन्छ । उनले अलेन्तेजो क्षेत्रबाट पनि युवाहरुलाई मतदानका लागि लिस्वन बोलाउने प्रयास गरेका थिए ।

यसअघि पोर्चुगलका अन्य स्थानहरुमा समेत आफ्नो पक्षमा चुनावी माहोल नबनेको पाएपछि शेर्पाका समर्थकहरुले विभिन्न वहानामा विवाद श्रृजना गरि मतदान प्रकृया विथोलेका थिए । लिस्वन बाहिर स्थगन भएका अल्गार्भ, अलेन्तेजो र नर्थमा अर्को सूचना जारी नभएसम्मको लागि निर्वाचन प्रकृया स्थगन गरिएको छ । आफ्नो पक्षमा चुनावी माहोल नभएपछि शेर्पा र पौडेलले संघका पूर्व अध्यक्ष भिमकमल केसीको सहयोगमा अल्गार्भ, अलेन्तेजो र नर्थमा अनावश्यक माग राखेपछि निर्बाचन समितिले बाध्य भएर निर्वाचन स्थगन गरेको बुझिएको छ ।

पासपोर्ट लिएर पोर्चुगलबाट युके हानिएका पौडेल संघको निर्बाचनका लागि पोर्चुगलमै छन । उनि शेर्पाको हण्डी खाएर निर्वाचन बिथोल्ने दाउमा सक्रिय छन । समाजले उनलाई भडुवा नेताका रुपमा समेत चिन्ने गरेका छन ।

यसअघि निर्वाचनमा आफ्नो पक्षमा महौल नभएको देखेपछि मतदानको शुरुवातबाटै शेर्पाको समूहले विभिन्न वहाना बनाउँदै पटक पटक विवाद सिर्जना गर्ने प्रयास गरेका थिए । निर्वाचनको लागि चार मतदान केन्द्र रहेको पोर्चुगलमा तीन वटामा स्थगित गरिएको छ । जुन समाजको हित विपरीत भएको र बखेडा गर्ने हरु पोर्चुगल निबासी नेपालिको नजरमा झन गिरेको मतदाताहरु बताउँछन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>