नवलपुर

नवलपुरको कावासोतीमा कुखुराको खोरबाट चार जुवाडे पक्राउ

Banner

कावासोती,साउन १७-

नवलपुरको कावासोती स्थित एक किसानको कुखुराको खोरमा जुवातास खेलिरहेका ४ जनालाई प्रहरील पक्राउ गरेको छ । वडा नम्बर ५ बस्ने पुर्ण बहादुर रावलको खोरबाट नगद १६ हजार ५ सय ५ रुपैयाँ र १ बुक तास सहित उनिहरुलाई नवलपुर प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कावासोती नगरपालिका ५ बस्ने वर्ष ६० को पुर्ण बहादुर रावल, सोहि ठाउँ बस्ने मित्र प्रसाद भुषाल, ३६ वर्षीय अर्जुन खड्का, ४२ वर्षीय मोहन अधिकारी रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>