देश/प्रदेश

पूजाको प्रसाद खाँदा २८ जनालाई भयो झाडापखाला

Banner

सिन्धुपाल्चोक, साउन १७ –

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ चालिसेगाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन्। गत साउन १४ गतेको पूजामा सहभागीमध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालको भनाइ छ।

सबैलाई स्वास्थ्य चौकीमा ल्याउन सम्भव नभएकाले स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरिएको उनले बताइन्।

बिरामीमध्ये तीन जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ। अन्य बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। ‘फुडपोइजन’ का कारण झाडापखाला लागेकाले ४८ घण्टासम्म सबै जना ठिक भइसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>