प्रवास

एनआरएनए जर्मनीको अध्यक्षमा मिलनराज पन्त विजयी

Banner

बार्सिलोना,साउन १७ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जर्मनीको अध्यक्षमा मिलनराज पन्त ८२८ मतका साथ विजयी बनेका छन् ।अध्यक्षका अर्का प्रत्यासी निनम्मा राईलाई २५७ मतान्तरले पराजित गर्दै पन्त निर्वाचित भएका हुन् । राईले ५७१ मत प्राप्त गरिन्।

एक हजार ५९५ पंजीकृत सदस्यहरूरहेको जर्मनीमा एक हजार ४३३ जनाले अनलाइनमार्फत मतदान गरेका थिए । यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य (आईसीसी) पदका लागि शंकर डाँगी ९४३ मत ल्याई विजयी बने । अर्का प्रत्यासी विनोद अधिकारीले ३६९ मत प्राप्त गरेका छन्।

खुल्ला उपाध्यक्षमा लोकमणि ढकाल र मेनका त्रिपाठी, महिला उपाध्यक्षमा करुणा तुलाधर राई, महासचिवमा राजेश सुनार, सचिवमा निमा राजभण्डारी अर्याल र सुजन बर्तौला निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>