प्रवास

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ विजयी

Banner

अस्ट्रेलिया,साउन १७-

गैर आवासीय नेपाली संगठन (एनआरएनए) अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ विजयी भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा ८५८३ मतसहित गुरुङ आगामी दुइ वर्षका लागि अध्यक्ष निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी डाक्टर ज्ञानेन्द्र रेग्मीले ४८७९ मत प्राप्त गरेका थिए भने कोहि पनि छान्दिन भन्नेमा ७४४ मत परेको थियो।

अध्यक्षमा निर्वाचित भए पश्चात आफुलाई मतदान गर्ने सम्पूर्ण मतदाताहरूमा धन्यवाद ज्ञापन गर्दै गुरुङले आफ्ना प्रतिवद्धताबाट पछि नहट्ने पनि बताएका छन्। एनआरएनएको आफ्नै कार्यालय स्थापना गर्ने र कुलतमा फसेका युवाहरुलाई सहि बाटोमा ल्याउन काउन्सिलिङ्ग सेसनाहरु संचालन गर्ने मुख्य एजेन्डासहित गुरुङ चुनावी मैदानमा होमिएका थिए। उनि न्यु साउथ वेल्स राज्यका पुर्व संयोजक समेत हुन्।

सन् २०२१-२३ को कार्यसमितिमा महासचिवमा राजु बाबु अधिकारी, सचिवमा सन्ध्या शाह, संयुक्त कोषाध्यक्षमा राजकुमार नगरकोटी, नारि निकुञ्ज संयोजकमा मंजु खड्का र युवा संयोजकमा बबिन मिश्र निर्वाचित भएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>