लुम्बिनी

सम्पर्कविहीन भनिएकी लुम्बिनी प्रदेशसभा सदस्य वली घरमै

Banner

बुटवल,साउन १६-

हिजोदेखि पार्टीको सम्पर्कमा नरहेकी भनिएकी लुम्बिनी प्रदेशसभा सदस्य विमला वली घरैमा उपचार गराइरहेको माओवादी केन्द्रले जनाएको छ । प्रदेशस्थित माओवादीका प्रमुख सचेतक तुलाराम घर्तीले वलीको पारिवारसँग सम्पर्क भएको र उनी घरैमा उपचारमा रहेको जानकारी पाएको बताए । यद्यपी वलीसँग भने सम्पर्क नभएको घर्तीको भनाइ छ ।

घर्तीका अनुसार वलीसँग शुक्रबारदेखि सम्पर्क भएको छैन । बिहीबार साँझ भने उनी पार्टीको सम्पर्कमा रहेको घर्तीले जानकारी दिए । मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने बताइरहेका बेला सांसद वली सम्पर्कविहीन भएको समाचार आएपछि तरंग मच्चिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>