देश/प्रदेश

महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता

Banner

दार्चुला, साउन १५ –

दार्चुलाको ब्यास गाउँपालिका–२ मालघाटमा महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । शुक्रबार बिहान साढे ८ बजेतिर महकाली नदी तर्ने क्रममा तुइनबाट खसेर ब्यास गाउँपालिका–२ मालका अन्दाजी ३० वर्षीय जयसिंह धामी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुला प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताएका छन् ।

बिहान ५/६ जना स्थानीयले तुइनबाट महाकाली नदी पार गरेकोका थिए । धामी भने खसेर महाकाली नदीमा बेपत्ता भएका हुन् । बेपत्ता धामीको खोजी शुरु गरिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>