वागमती

म्याग्दीमा जिप दुर्घटना हुँदा एकको मृत्यु,आठजना घाइते

Banner

म्याग्दी,साउन १५ –

म्याग्दीको धवलागिरि गाउँपालिका–७ बादिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु र आठजना घाइते भएका छन् ।

म्याग्दीको ताकम हुँदै बेनीतर्फ आउँदै गरेको ग १ ज ६८०५ नम्बरको जिप शुक्रबार बिहान दरबाङ–धारापानी सडकअन्तर्गत बादिकाको भीरबाट खसेको हो। दुर्घटनामा परी धवलागिरि गाउँपालिका–७ ताकमका २७ वर्षीय विकास सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले जानकारी दिए। सुनार सडकबाट खसेर सल्लाको रुखमा अड्किएको जीपबाट उछिट्टिएर भीरमा खसेका थिए।

दुर्घटनामा चालकसहित आठजना घाइते भएका छन्। चालक आकाश रसाइलीको निधार र घाँटीमा चोट लागेको छ। दरबाङ स्वास्थ्य केन्द्रमा उपचार गरेका अन्य यात्रुको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।

जिप सडकबाट पल्टिएर सल्लाको रुखमा अड्किँदा जीपभित्र रहेका यात्रुहरु बाँचेका हु्न। मृतक सुनारको शव भीरदेखि केही तल भेटिएको इलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरीक्षक सन्तोष पौडेलले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>