प्रदेश १

ट्रकको टक्करबाट मोटरसाइकलमा सवार श्रीमान श्रीमतीको मुत्यु

Banner

झापा, साउन १३-

झापाको दमकमा भएको सवारी दुर्घटनामा २ जनाको मुत्यु गएको छ । मंगलबार राति साढे १० बजे भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार झापाको कनकाई नगरपालिका ३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय भिमा विष्टको ज्यान गरेको प्रहरीले जनाएको छ । उनिहरु श्रीमान श्रीमती हुन ।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रहरी प्रवता सुमन तिमल्सिनाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको प्र २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई दमक ९ स्थित शान्ति मार्ग नजिकै ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट पूर्णबहादुर र भिमा गम्भीर घाइते भएकोमा उनीहरूलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषित गरेको थिए । मोटरसाइकललाई ठक्कर दिने ट्रक र चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको तिम्सिनाले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>