अपराध

पटक-पटक किशोरीलाई बलात्कार गर्नेलाई अदालतले दियो सफाइ

Banner

दार्चुला, साउन १२ –

जिल्ला अदालत, दार्चुलाले सामूहिक बलात्कारको अभियोग लागेका दुईमध्ये एक जनालाई सफाइ दिएको छ ।

जिल्ला न्यायाधीश लोकजंग शाहको इजलासले सोमबार सामूहिक बलात्कारको अभियोगमा शैल्यशिखर–९, गाँजरीका १९ वर्षीया सन्तोष महरलाई दोषी ठहर गरेको छ भने नक्तडका २७ वर्षीय सुरेश विष्टलाई सफाइ दिएको हो ।

पीडित पक्षका अनुसार प्रहरीलाई घटनाबारे जानकारी दिएर बोलाउँदा विष्ट घटनास्थलमै रहेका थिए । उनकै कोठामा तीन दिनसम्म पीडितमाथि जबरजस्ती करणी भएको पिडित पक्षको जाहेरीमा उल्लेख गरिएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता लक्ष्मण खनालले अदालतको आदेशको पूर्णपाठ आउने वित्तिकै पुनरावेदनमा जाने बताएका हुन । जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय, दार्चुलाले पनि अदालतको फैसलाप्रति असन्तुष्टि जनाएका छन् । जिल्लाका एक प्रहरी अधिकृतका अनुसार घटनामा दुवै कसूरदार छन्, अझ जसको कोठामा घटना भएको छ, उसैलाई सफाइ दिनु आश्चर्यजनक विषय रहेको बताएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता लक्ष्मण खनालले अदालतको आदेशको पूर्णपाठ आउने वित्तिकै पुनरावेदनमा जाने बताएका छन् ।

गत वर्ष पुस २८ गते एक किशोरी विष्टको जीपमा चढेकी थिइन् । गाडीका सह–चालक महरले गाउँ एकैतिर भएको बताउँदै विवाह गर्ने प्रलोभन देखाएका थिए । २ माघमा फेरि होटलमा लगेर प्रलोभनमा आफूसँग इच्छा विपरीत जबरजस्ती करणी गरेको पीडित युवकतीले बयानमा भनेको प्रहरीले बताएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>