लुम्बिनी
म्याद गुज्रिएका पेय पदार्थ राप्तीमा बगाइयो
०

दाङ,साउन १० –
म्याद गुज्रिएका पेय पदार्थलाई व्यापारीले राप्ती नदीमा बगाएका छन्। लमही नगरपालिका वडा नं. ६ मध्यनजरस्थित झोलुङ्गे पुलको एउटा किनारमा म्याद नाघेको पेय पदार्थ ठूलो मात्रामा नदीमा बगाएको अवस्थामा फेला परेको वडा सदस्य कृष्ण खत्रीले जानकारी दिए।
आइतबार दिउँसो एउटा पिकअप भ्यानले नदी किनारबाट म्याद नाघेको पेय पदार्थ बगाएको थियो। ‘नदी किनारमा रातै देखेपछि के रहेछ भनेर हेर्न पुग्दा पेय पदार्थ फालिएको अवस्थामा भेटियो,’ उनले भने, ‘म्याद गुज्रिएको पेय पदार्थ यसरी फाल्नु हुँदैन। यस बारेमा अनुसन्धान गरेर दोषीलाई कारबाही गर्नुपर्छ।’ पेय पदार्थको एक वर्ष म्याद नाघेको छ। दुई सय पेटीभन्दा बढी पेय पदार्थ नदीमा बगाइएको अवस्थामा भेटिएको हो।