देश/प्रदेश
दाङमा गएराति भएको मोटरसाइकल दुर्घटना एक युवाको मृत्यु
०
देउखुरी, साउन १०-
दाङमा गएराति भएको मोटरसाइकल दुर्घटना एक युवाको मृत्यु भएको छ । लमही नगरपालिका–४ स्थित अर्नहवा घुम्ती नजिक दुर्घटना हुँदा २९ वर्षका युवराज रानाको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १५ प ६३२१ नं को मोटरसाइकल शनिबार राति दुर्घटनामा परेको हो । मृतक रानाको शव शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























