देश/प्रदेश
आफन्तसँग हाँसेको भन्दै श्रीमतीको कान काटेपछि…
०
बझाङ, साउन २३ –
बझाङमा आफ्नै श्रीमतीको कान काट्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जयपृथ्वी नगरपालिका १ भण्डारगाउँ निवासी २५ वर्षीय मनोज नेपालीले आफ्नै श्रीमती २१ वर्षीय जानकी नेपालीको कान काटेको आरोपमा पक्राउ परेका हुन् ।
मनोजले गत असार ३० गते परपुरुषसँग बोलेको भन्दै जानकीको कान चक्कुले काटेका थिए । घटनापछि उनी लगत्तै फरार भएको प्रहरीले बताएका छन् । जानकीको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ ।
जानकीले बिहे भएको केही महिनादेखि नै श्रीमानले कुटपिट गर्दै आएको बताएकी छिन् । जानकीका तीन सन्तान छन् । मनोजमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>