देश/प्रदेश

वडाध्यक्ष नै खैरो हेरोइनसहित पक्राउ

Banner

जनकपुरधाम, साउन ४ –

प्रहरीले पर्साको पकहाँ मैनपुर गाउँपालिकाका १ धोरेका वडाध्यक्षसहित ३ जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । प्रहरीले ७९ ग्राम खैरो हेरोइनसहित पकहाँ मैनपुर गाउँपालिका १ का वडाध्यक्ष अमिरिका सहनी पक्राउ गरेको हो।

वडाध्यक्ष सहनी चढेको ना. १ ब. ३५९५ नम्बरको सरकारी मोटरसाइकल वीरगञ्ज महानगरपालिका-१९ मा आइतबार राति चेकजाँच गर्दा खैरो हेरोइन बरामद भएपछि उनलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले बताएको हो । उनको मोटरसाइकलमा पछाडि सवार ५२ वर्षीय रामआदेश सहनी र पछाडि आएका ना ६२ प १९४२ नम्बरको मोटरसाइकलमा सवार सोही गाउँपालिका १ कै ४० वर्षीय बलिष्टर सहनीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका वडाध्यक्षसहित तीनैजनामाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>