देश/प्रदेश
‘अलविदा सम्झना राउटे’ भनेर झुटो प्रचार गर्ने युट्युब च्यानललाई कारबाही

सुर्खेत, साउन २ –
राउटे युवती सम्झना शाहीलाई ‘अस्ताइन् सम्झना’ शीर्षक राखेर झुटो प्रचार गर्ने युट्युव च्यानललाई कारबाही हुने भएको छ । राउटे, लोपोन्मुख, सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले उक्त झुटो प्रचारमाथि आपत्ति जनाउँदै युट्युव च्यानललाई कारबाही गर्न माग गरको हो ।
प्रतिष्ठानले जिउँदो व्यक्तिलाई त्यस्तो आपत्तिजनक तरिकाले गलत प्रचार गरेको भन्दै त्यस्तो अपराध गर्ने युट्युव च्यानललाई कारबाही गर्न अनुरोध गरेको छ । प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्काले राउटे चेलीको मानव अधिकार संरक्षणका साथै न्याय दिएर शान्ति सुरक्षा कायम गरिदिन जिल्ला प्रशासन कार्यालय सल्यानलाई आग्रह समेत गरेकी छन् ।
पत्रमा भनिएको छ,‘ नेपाल खबर नामक एक युट्युव च्यानलले ‘‘ अस्ताइन् सम्झना–हत्या की आत्म हत्या’ शीर्षक राखेर गलत कुराको प्रचार गरिएको छ । राउटे चेलीको मानव अधिकारको हनन् भएको छ।’ उक्त, युट्युव च्यानलको मेन हेडलाईनमा ‘अल विदा सम्झना राउटे’ भनिएको छ । अहिले उक्त भिडियो हटाईएको छ ।



























