देश/प्रदेश

काठमाडौंमा पनि थपियो साउन १० गतेसम्म निषेधाज्ञा, लामो दूरीका सवारी चलाउन नपाइने

Banner

काठमाडौं, असार ३१ –

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा साउन १० गतेसम्म लम्ब्याइएको छ। आज काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयका प्रमुखहरूको बैठकले भोलिदेखि १० गते सम्मको लागि निषेधाज्ञा थपेको हो ।

काठमाडौं उपत्यकाभित्र सार्वजनिक सवारीसाधनहरूले स्वीकृत सिट क्षमता भन्दा बढी नहुनेगरी सञ्चालन गर्न पाइनेछन्। अत्यावश्यक काम विशेषले उपत्यका भित्र प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई चल्न दिने अनुमति प्रशासनले गरेको छ। निर्माण सामग्री ढुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउनेछन्। त्यस्तै उपत्यकाबाट बाहिरिने र भित्रने लामो दुरीका सवारीसाधान चलाउन नपाइने भएको छ।

काठमाडौं जिल्ला प्रशासनको आदेशअनुसार औषधि तथा स्वास्थ्य सामग्रीका पसलहरू जुनसुकै सयमा पनि सञ्चालन गर्न पाउनेछन् । त्यसबाहेकका पसलहरू साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>