देश/प्रदेश

ओली सरकारले यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न विद्यार्थी संगठनको माग

Banner

काठमाडौं, असार ३१ –

ओली सरकारले यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न पाँच विद्यार्थी संगठनले सरकारसँग माग गरेका छन् ।

आज पाँच विद्यार्थी संगठनले विज्ञप्ति निकाल्‍दै यातायातमा बढाएको भाडा फिर्ता गर्न सरकारसँग माग गरेका हुन् । तत्काल भाडा फिर्ता नगरिए आन्दोलनमा उत्रने संगठनले चेतावनी दिएको छ ।

‘सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडा वृद्धि गरेको छ । सरकारको यो निर्णयले नेपालको विद्यार्थी आन्दोलनलाई आक्रोशित बनाएको छ । भाडा वृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं ।’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पाँच विद्यार्थी संगठनले साउन १ गते भोलि यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेशपछि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेविसंघका महामन्त्री बल्देव तिमिल्सिनाले बताए । उनीहरुले पेट्रोलियम पर्दाथमा आयल निगमले एक रुपैया मात्रै घटाएकोमा आशिंक माग मात्रै पुरा गरेको दाबी गरेका छन् । उनीहरुले विश्वविद्यालयमा भएका आर्थिक अनियमितबारे शिक्षा मन्त्रीले छानबिन गर्न समेत माग गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>