देश/प्रदेश
थप २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि
०
काठमाडौं, असार ३० –
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ९०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८१०८ पीसीआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ भने १६०६ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या २६ हजार ६४७ जना रहेका छन् । जसमध्ये २४ हजार ९९ जना होम आइसोलेसनमा र २५ सय ४८ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























