प्रदेश १

इलाम इजलासमा कार्यरत महिला कर्मचारी बिमलाकुमारी पराजुलीको हत्या आरोपमा असई पक्राउ

Banner

मङ्गलबारे,असार २९ –

उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत महिला कर्मचारी बिमलाकुमारी पराजुलीको हत्यामा संलग्न रहेको आरोपमा नेपाल प्रहरीका असई पक्राउ परेका छन् ।

कार्यालय सहयोगी पराजुली सोमबार कार्यालय परिसरमै मृत भेटिएकी थिइन् । पक्राउ परेका असई युवराज बानियाँ इलाम इजलासका न्यायाधीश शिवनारायण यादवका सुरक्षागार्ड हुन् ।

यादवकै क्वाटरमा विवाद भएपछि बानियाँले पराजुलीको हत्या गरेको देखिएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार बनियाँले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । आइतबार साँझ भेटघाटका क्रममा विवाद भएपछि असई बानियाँले पराजुलीको घाँटी थिचेर हत्या गरेको देखिएको छ । हत्या पछि शव झाडीमा फालेको अवस्थामा फेला परेको थियो । घटनामा संलग्न देखिएपछि प्रहरीले उनलाई सोमबार राति नै प्रक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो । बानियाँ र पराजुलीबीच अवैध सम्बन्ध रहेको पनि अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>