Breaking News

कांग्रेस सभापति देउवाको प्रतिक्रियाः ‘सर्वोच्चले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचायो’

Banner

काठमाडौँ, असार २८–

सर्वोच्च अदालतले पुनः संसद पुर्नस्थापना गर्ने फैसला सुनाएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फैसला ऐतिहासिक भएको प्रतिक्रिया दिएका छन्।

अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएकोले फैसला ऐतिहासिक रहेको बताए । संचारकर्मीसंग संक्षित प्रतिक्रिया दिँदै देउवाले भने, ‘निष्पक्ष र धम्कीसँग नडराउने अदालतले लोकतन्त्र, न्याय र विधिको शासनलाई बचाएको छ ।’

संसद विघटनलाई बदर गरेको सर्वोच्चले देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ । उनले नयाँ सरकार गठनको प्रक्रिया गठबन्धनका दलहरुसंग छलफल गरेर अघि बढाउने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>