Breaking News

चितवनमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु, आईसीयू र भेन्टिलेटरमा फेरि बिरामी बढे

Banner

चितवन, असार २८-

चितवनमा कोरोना संक्रमणबाट आज तीन जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनको अनुसार आज भरतपुर अस्पतालमा २ जना र चितवन मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो । तीनै जना चितवन बाहिरका हुन् ।

त्यसैगरी चितवनमा आईसीयू र भेन्टिलेटरमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ । हिजो शनिबार चितवनका विभिन्न अस्पतालमा आईसीयू र भेन्टिलेटरमा ८७ जना रहेकोमा आज सो संख्या बढेर १०० जना पुगेको छ । चितवनमा विभिन्न अस्पतालमा बिरामीको संख्या २११ जना रहेको छ । जसमध्ये आईसीयूमा ८२ जना, भेन्टिलेटरमा १८ जना, एचडीयूमा २७ जना र सामान्य बेडमा १०२ जना रहेका छन् । विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट २८ जना कोरोना संक्रमित बिरामी डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>