चितवन विशेष
नारायणगढ लियोको बधाई कार्यक्रम

चितवन, असार २७–
लियो क्लव अफ नारायणगढले बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । लायन जितबहादुर पिया भोकेसनल ट्रेनिङ सेन्टर नारायणगढमा आयोजित एक कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी टु का गर्भनर लायन रामप्रसाद भट्ट, लियो डिष्ट्रिक्ट काउन्सील ३२५ बी टु नेपालका अध्यक्ष अनिश लामिछाने र नारायणगढ लायन्स क्लवका अध्यक्ष जयराम श्रेष्ठलाई बधाइ ज्ञापन गर्नुको साथै सम्मान गरेको छ ।
लियो क्लव अफ नारायणगढका वर्ष २०२१/२२ का अध्यक्ष लियो मोहन तिवारीलाई तीनै जनालाई सम्मान गरे । उनले सबैजनालाई बधाई तथा शुभकामना व्यक्त गरे । सो क्रममा बोल्दै गर्भनर भट्टले लियो क्लवहरुले दीर्घकालिन रुपमा प्रभावन पर्ने खालको काम गर्नुपर्नेमा जोड दिए । उनले नारायणगढ लियोले विपन्न विद्यार्थीलाई निःशुल्क पढाउन प्रयास गरे आफूले पनि सहयोग गर्ने बताए । उनले नारायणगढ लियोले सिफारिस गरेमा ११ जना विद्यार्थीलाई प्लस टु निःशुल्क पढाउने वातावरण मिलाउने प्रतिवद्धता जनाए । उनले नारायणगढ लियो इतिहास बोकेको क्लव भएकाले अझै समाजप्रति समर्पित भएर लाग्नुपर्नेमा जोड दिए ।
यस्तै लियो डिष्ट्रिक्ट काउन्सील ३२५ बी टु नेपालका अध्यक्ष लामिछानेले नारायणगढ लियो निरन्तर सक्रिय भएर लागेको भन्दै अझै यस्तै काम गर्दै अगाडि बढ्न शुभकामना दिए । यस्तै नारायणगढ लायन्स क्लवका अध्यक्ष एवंम भरतपुर महानगरपालिका वडा नं.१ का अध्यक्ष समेत रहेका जयराम श्रेष्ठले समाजका कमजोर वर्गलाई माथि उठान नारायणगढ लायन्स सदैव लागि पर्ने बताए । उनले लियोको नयाँ नेतृत्वलाई बधाई तथा शुभकामना समेत दिए ।
कार्यक्रममा लियो क्लव अफ नारायणगढका कोषाध्यक्ष लियो पुस्कर अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम क्लवका सचिव देव क्षेत्रीले संचालन गरेका थिए भने क्लवका पूर्व अध्यक्षहरु सबल पिया, रविन अधिकारी, राजु चौधरीलगायतको उपस्थिति रहेको थियो ।
























