Breaking News

चितवनमा आज कोरोना संक्रमणबाट दुईको मृत्यु, आईसीयू र भेन्टिलेटरमा ८७ जनाको उपचार हुँदै

Banner

चितवन, असार २७-

चितवनमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांक अनुसार चितवनका एक जना र चितवन बाहिर जिल्लाका एक जनाको कोरोना संक्रमणका कारण निधन भएको हो । मृतक दुवै जनाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको छ ।

त्यसैगरी चितवनका विभिन्न अस्पतालमा कोरोना संक्रमित बिरामीहरु २०७ जनाको उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ७५ जना, भेन्टिलेटरमा १२ जना, एचडीयूमा ४१ जना, साधारण बेडमा ९१ जना रहेका छन् । विगत २४ घण्टामा २७ जना कोरोना संक्रमित बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । सबै भन्दा धेरै आईसीयूका बिरामी चितवन मेडिकल कलेजमा ३९ जना रहेका छन् भने भरतपुर अस्पतालमा २५ जना, पुरानो मेडिकल कलेजमा ८ जना र अन्य अस्पतालमा तीन जना रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>