देश/प्रदेश

अविरल वर्षात्का कारण घर भत्केर मृत्यु भएका पीडित परिवारलाई राहत

Banner

देउखुरी, असार २५-

अविरल वर्षात्का कारण घर भत्केर मृत्यु भएका पीडित परिवारलाई राहत रकम वितरण गरिएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१७ क्वाडीस्थित घर भत्किँदा बिहीबार तीन महिनाकी बालिका बिन्दु चौधरीको मृत्यु भएको थियो । घटनामा आमा र दिदी घाइते भएका थिए ।

जिल्ला प्रशासन कार्यालय दाङ र घोराही उपनगरपालिकाले मृतक चौधरीका बुबा आशाराम चौधरीलाई आज राहत रकम प्रदान गरेको छ । उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट रु दुई लाख र उपमहानगरपालिकाको तर्फबाट किरिया खर्चबापत रु २५ हजार गरी रु दुई लाख २५ हजार प्रदान गर्नुभएको छ । राहत दिन प्रमुख चौधरी, प्रजिअ रामबहादुर लिम्बू कुरुम्बाङ र प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेलगायतले पीडितको घरमै पुग्नुभएको थियो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>