स्वास्थ्य
सरकारले किनेको कोभिडविरुद्धको खोप चीनबाट आज आउँदै
०

काठमाडौं,असार २५-
सरकारले चीनबाट खरिद गरेको कोरोना विरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ। खोप लिन बिहीबार नेपाल एयरलाइन्सको विमान चीन गएको थियो। खोप लिएर चीनबाट उडेको विमान त्रिभुवन विमानस्थलमा बिहान आइपुग्ने छ। उक्त खोपलाई विमानस्थल र टेकुस्थित खोप भण्डारण केन्द्रमा राखिने छ।
चीनबाट आज कति खोप आउछ भन्ने विषयमा अझै खुलाइएको छैन। विमान चीन जाने समयसम्म १० लाख डोज खोप आउने अनुमान गरिएको थियो। तर आज उक्त संख्या भन्दा केही कम आउन सक्ने स्वास्थ्य मन्त्रालयक कर्मचारीले बताएका छन्।
सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि नन् डिस्क्लोजर एग्रीमेन्ट गरेको छ। सोही अनुसार पहिलो चरणमा खोप आउने भएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























