चितवन विशेष

रत्ननगरका ६० घर बाढीपीडितलाई राहत वितरण

Banner

चितवन, असार २४-

उद्योग वाणिज्य संघ चितवनले पूर्वी चितवनका बाढिपीडितलाई राहत सामग्री वितरण गरेको छ ।

संघले रत्ननगर नगरपालिका–३ बंसीका बाढी प्रभावित ६० घरपरिवारलाई राहत वितरण गरेको हो ।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य कृष्ण खनालको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रत्ननगर ३ का वडा अध्यक्ष गुप्तनाथ भट्टराई, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष भोजराज कौडाल, रत्ननगर उवासंघका कार्यसमिति सदस्य उद्धव कोइराला, विपद् व्यवस्थापन संयोजक नारायण प्रधान, उवासंघ चितवनका कार्यसमिति सदस्य लिलबहादुर क्षेत्री, कार्यकारी निर्देशक निलबहादुर केसीलगायतको सहभागिता रहेको थियो ।

राहत वितरण कार्यक्रममा उवासंघ चितवनका अध्यक्ष राजु श्रेष्ठले संघको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बाढीपीडितलाई सहयोग गरिएको बताए ।

व्यवसायी, सार्वसाधारण एवम् विपद्मा परेका जुनसुकै समुदायलाई पनि संघले सहयोग गर्ने बताउँदै उनले निजीक्षेत्र राज्यलाई समस्या पर्दा सहयोग गर्न तत्पर रहेको बताए । प्रदेशसभा सदस्य कृष्ण खनालले सरकारले राहत उपलव्ध गराउन नसकेको बेला निजी क्षेत्रले यसरी सहयोग गर्नु प्रशंसनीय कार्य भएको बताउँदै उवासंघ चितवन प्रति आभार व्यक्त गरे ।

रत्ननगर नगरपालिका–३ का वडा अध्यक्ष भट्टराईले आफ्नो वडाका वाढीपीडितलाई उवासंघ चितवनले राहत वितरण गरी मानवीय सेवा गरेको बताउँदै संघको प्रगतिको कामना गरे । सो अवसरमा रत्ननगर नगरपालिका–३ बंसीका आदिवासी थारु समुदायका ६० घरपरिवारलाई चामल, दाल, नुन, तेल, आलुलगायतका खाद्य सामग्री वितरण गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>