देश/प्रदेश
प्रदेश २ : आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा सदस्य नियुक्त

धनुषा, असार २४ –
प्रदेश २ को आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा रिक्त सदस्यको पदपूर्ति गरिएको छ । प्रदेश सरकारले आमसञ्चार प्राधिकरणमा दुई र मिडिया काउन्सिलमा चार जनालाई सदस्यमा नियुक्त गरेको छ ।
प्रदेश मिडिया काउन्सिलको सदस्यमा कैलाश दास ९धनुषा०, अर्जुन मण्डल ९धनुषा०, रिंकु मिश्र ९धनुषा० र बन्दना झा ९सर्लाही० लाई नियुक्त गरिएको छ भने प्राधिकरणको सदस्यमा अमरेन्द्र यादव ९सप्तरी० र प्रतिमा चौधरी ९बारा०लाई नियुक्त गरिएको छ । प्रदेश २ सरकारले सञ्चार क्षेत्रमा तीन पदाधिकारीलाई यसअघि नै नियुक्त गरिसकेको छ ।
सञ्चार प्राधिकरणको अध्यक्षमा श्यामसुन्दर यादव, मिडिया काउन्सिलको अध्यक्षमा शिवहरि भट्टराई र चलचित्र विकास बोर्डको अध्यक्षमा धर्मेन्द्र मोरबैतालाई गत माघ २३ गते नै प्रदेश सरकारले नियुक्त गरेको थियो । श्यामसुन्दर र शिवहरि सप्तरी जिल्लामा रहेर पत्रकारिता गर्दै आउनुभएको छ भने मोरबैता सिरहा निवासी हुनुहुन्छ ।
त्यसैगरी प्रदेश सरकारले चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको सदस्यमा गत वैशाख १० गते अशोक दत्त, पुष्पा यादव र बिएम पटेललाई नियुक्त गरिसकेको छ । रासस



























