प्रदेश १

सङ्खुवासभाको भोटखोला जाने सडक तीनदेखि अवरुद्ध

Banner

सङ्खुवासभा,असार २२-

सङ्खुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिराका कारण उत्तर दक्षिण सडक खण्ड तीन दिनदेखि अवरुद्ध भएको हो । उत्तर दक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को हेनाङनामा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयर गौतमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पहिराका कारण शनिबारदेखि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सो सडकखण्ड अवरुद्ध भएको थियो । अवरुद्ध सडक खुलाउन सोमबार एउटा स्काभेटरबाट काम भइरहेको इञ्जिनीयर गौतमकुमार श्रेष्ठले बताउनुभयो । थप पहिरो नआए अवरुद्ध सडक बुधबार पुनः सञ्चालन हुने उहाँको भनाइ छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको नुमसम्म मात्रै चलेका छन् । सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ ।

File Photos

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>