देश/प्रदेश
विप्लवको काठमाडौं उपत्यकामै कम्युन घर बन्दै
०

काठमाडौं, असार २१ –
नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले काठमाडौं उपत्यकामै कम्युन घर निर्माण थालेका छन् । गुपचुप रुपमा कम्युन घर निर्माण गरिरहेको पार्टीले महासचिव विप्लवदेखि प्रवक्ता प्रकाण्डसम्मको आवासका लागि भवन निर्माण गर्न लागेका हुन् ।
साँधु साप्ताहिकमा प्रकाशित भएको समाचार अनुसार ललितपुरको हरिसिद्धि क्षेत्रमा करिब ५ रोपनी क्षेत्रमा यसरी कम्युन घर निर्माण गर्न लागेको हो । कम्युन घर बन्ने जग्गा भने हरिसिद्धि गुठीको रहेको समाचारमा भनिएको छ ।
गुठीको जग्गा लिजमा लिएर विप्लवले काठमाडौंमा बस्दा त्यही कम्युन घरमा बसेर दैनिक पार्टी कार्यालय सञ्चालन, भेटघाट थलो मात्रै होइन खेती तथा पशुजन्य उत्पादनका काम गर्ने र आयआर्जन गरी केन्द्रीय हेडक्वार्टरलाई आत्मनिर्भर बनाउने सपनासहित जग्गा लिजमा लिएको समाचारमा जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























