देश/प्रदेश
आन्दोलनमा फोटो खिच्न गएका पत्रकारमाथि लाठी हान्ने प्रहरीलाई कारबाही गर्न माग
०
काठमाडौं, असार २० –
फोटो पत्रकार निमेषजंग राईमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न फोटो पत्रकार क्लब नेपाल (पिजेक्लव)ले माग गरेको छ।
विपक्षी गठबन्धनका विद्यार्थीले शनिबार गरेको प्रदर्शनका क्रममा फोटो खिच्न पुगेका राईलाई पत्रकार भएको प्रमाण देखाउँदा देखाउँदै पनि प्रहरीले लाठी प्रहार गरी घाइते बनाएका थिए । पिजे क्लवले लाठी प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न माग गरेको हो ।
लाठी प्रहारबाट नेपाल लाइभ अनलाइनमा कार्यरत पत्रकार राई घाइते भएका छन्। उनको घुँडामा चोट लागेको पिजे क्लबका प्रवक्ता दिपेश श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘फोटो पत्रकारहरूलाई पटकपटक नियोजित रूपमै नेपाल प्रहरीबाट आक्रमण हुने गरेकोप्रति पिजे क्लवको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>