देश/प्रदेश

निर्वाचनका लागि अर्थ मन्त्रालयबाट ७ अर्ब ७२ करोडको खर्च निकासा

Banner

काठमाडौं,असार १८ –

अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै ७ अर्ब ७२ करोड रुपैयाँ निकासा गर्ने भएको छ ।

शुक्रबार एक समारोहका बीच मन्त्रालयले निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको हो । प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरू खरिद तथा निर्वाचन व्यवस्थापनका लागि उक्त रकम निकास गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारले दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गर्दै आगामी २०७८ साल कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा निर्वाचन गर्ने घोषणा गरेको छ । यद्यपि, सो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा नै छ । सरकारद्वारा घोषित निर्वाचनका लागि आवश्यक पर्ने रकमको कुनै अभाव हुन नदिने गरी अर्थ मन्त्रालयले रकमको व्यवस्था गरेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>