गण्डकी
गोरखा र तनहुँ जोड्ने मस्र्याङ्दी नदीको झोलुङ्गे पुलमा बाढीले क्षति
०
गोरखा असार, १८
गोरखा र तनहुँ जोड्ने मस्र्याङ्दी नदीको झोलुङ्गे पुलमा बाढीले क्षति पु¥याएको छ । नदीमा आएको भीषण बाढीसँगै पानीको बहाव बढेर पुलसम्म पुगेपछि क्षति पुगेको गोरखा नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष रामबहादुर ख्डकाले जानकारी दिनुभयो ।
बाढीले झोलुङ्गेको तनहुँतर्फको भाग नदीमा डुबेको तथा पुल बाङ्गिएको उहाँले जानकारी दिनुभयो । पुलमाथि बाढी पुगेपछि बगाएर ढुङगामुढा रोकिँदा मुनिका बस्तीमा बाढीको प्रभाव पर्न सक्ने आकलन गरिएको छ ।
गोरखा नगरपालिका ( १४ स्थित गोप्लिङफाँट र तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ स्थित एक्लेफाँट जोड्ने सो पुलमा बाढीले क्षति पु¥याएपछि आवातजावत बन्द भएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>